logo

एक वर्षमै नेपालमा प्रतिव्यक्ति ऋण बढ्यो

    1487   पटक पढिएको

७ भदौ / अर्थ र व्यापार – एक वर्षमा नेपालीको प्रतिव्यक्ति ऋण ३ हजारले बढेको छ । राष्ट्र बैंकको गत आव २०७३/७४ को प्रतिवेदन अनुसार गत असारसम्ममा सरकारले तिर्न बाँकी ऋण ६ खर्ब ९७ अर्ब ३७ करोड रहेको छ । केन्द्रिय तथ्यांक बिभागको प्रक्षेपण अनुसार यसवर्ष (सन् २०१७) को जनसंख्या लगभग २ करोड ८८ लाख रहेको छ । यसआधारमा हेर्दा प्रति नेपालीको थाप्लोमा २४ हजार १ सय ४७ रुपैयाँ ऋण रहेको हो ।

गत वर्ष (सन् २०१६) भने नेपालको कुल जनसंख्या २ करोड ८४ लाख रहेको थियो भने सरकारले अघिल्लो आव २०७२÷७३ मा तिर्न बाँकी ऋण ६ खर्ब १५ अर्ब रहेको थियो । यस आधारमा प्रति नेपालीको भागमा २१ हजार ६ सय ३३ रुपैयाँ ऋण पर्न आएको थियो ।

सरकारले यसरी तिर्न बाँकी ऋणमा नेपालीहरुलाई २ खर्ब ८३ अर्ब तिर्न बाँकी रहेको हो । अघिल्लो आवमा सरकारले नेपालीहरुबाट उठाएको २ खर्ब ३४ अर्ब ऋण तिर्न बाँकी थियो । चालु आव २०७४/७५ मा भने सरकारले नेपालीबाट १ खर्ब ४५ अर्ब रुपैयाँ उठाउने तालिका सार्वजनिक गरेको छ । सरकारले विदेशी मुलुकहरुबाट लिएको ४ खर्ब १३ अर्ब ऋण तिर्न बाँकी रहेको छ । अघिल्लो आवमा भने ३ खर्ब ८१ अर्ब बाह्य ऋण तिर्न बाँकी थियो ।

एक वर्षमा नेपाल सरकारले तिर्न बाँकी रहेको आन्तरिक र बाह्य ऋणमा ८१ अर्बले वृद्धि भएको हो । कुल गार्हस्थ उत्पादन (जीडिपी) को आधारमा हेर्दा भने यो दर घटेको छ । गत आवमा कुल गार्हस्थ उत्पादनको लगभग २७.७ प्रतिशत बराबर यस्तो ऋण रहेको थियो भने चालु आवमा यो दर २६.८ प्रतिशतमा सिमित भएको हो । जीडिपीको तुलनामा बाह्य ऋण घटेपनि आन्तरिक ऋण भने केही बढेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।