logo

एक वर्षमै नेपालमा प्रतिव्यक्ति ऋण बढ्यो

    1362   पटक पढिएको

७ भदौ / अर्थ र व्यापार – एक वर्षमा नेपालीको प्रतिव्यक्ति ऋण ३ हजारले बढेको छ । राष्ट्र बैंकको गत आव २०७३/७४ को प्रतिवेदन अनुसार गत असारसम्ममा सरकारले तिर्न बाँकी ऋण ६ खर्ब ९७ अर्ब ३७ करोड रहेको छ । केन्द्रिय तथ्यांक बिभागको प्रक्षेपण अनुसार यसवर्ष (सन् २०१७) को जनसंख्या लगभग २ करोड ८८ लाख रहेको छ । यसआधारमा हेर्दा प्रति नेपालीको थाप्लोमा २४ हजार १ सय ४७ रुपैयाँ ऋण रहेको हो ।

गत वर्ष (सन् २०१६) भने नेपालको कुल जनसंख्या २ करोड ८४ लाख रहेको थियो भने सरकारले अघिल्लो आव २०७२÷७३ मा तिर्न बाँकी ऋण ६ खर्ब १५ अर्ब रहेको थियो । यस आधारमा प्रति नेपालीको भागमा २१ हजार ६ सय ३३ रुपैयाँ ऋण पर्न आएको थियो ।

सरकारले यसरी तिर्न बाँकी ऋणमा नेपालीहरुलाई २ खर्ब ८३ अर्ब तिर्न बाँकी रहेको हो । अघिल्लो आवमा सरकारले नेपालीहरुबाट उठाएको २ खर्ब ३४ अर्ब ऋण तिर्न बाँकी थियो । चालु आव २०७४/७५ मा भने सरकारले नेपालीबाट १ खर्ब ४५ अर्ब रुपैयाँ उठाउने तालिका सार्वजनिक गरेको छ । सरकारले विदेशी मुलुकहरुबाट लिएको ४ खर्ब १३ अर्ब ऋण तिर्न बाँकी रहेको छ । अघिल्लो आवमा भने ३ खर्ब ८१ अर्ब बाह्य ऋण तिर्न बाँकी थियो ।

एक वर्षमा नेपाल सरकारले तिर्न बाँकी रहेको आन्तरिक र बाह्य ऋणमा ८१ अर्बले वृद्धि भएको हो । कुल गार्हस्थ उत्पादन (जीडिपी) को आधारमा हेर्दा भने यो दर घटेको छ । गत आवमा कुल गार्हस्थ उत्पादनको लगभग २७.७ प्रतिशत बराबर यस्तो ऋण रहेको थियो भने चालु आवमा यो दर २६.८ प्रतिशतमा सिमित भएको हो । जीडिपीको तुलनामा बाह्य ऋण घटेपनि आन्तरिक ऋण भने केही बढेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।