२६ जेठ / अर्थ र व्यापार-प्रभु बैकले आस्वा सेवा दिएवापत प्रतिफारम एक रुपैयाँ मात्रै शुल्क लिने भएको छ । नेपाल धितोपत्र बोर्डबाट आस्वा सेवा संचालन गर्ने गरी इजाजत पाएपछि कम्पनीले गत माघदेखि सम्पूर्ण शाखाबाट सेवा प्रदान गर्दै आएको छ ।
आस्वा प्रणालीअन्र्तगत धितोपत्र निष्काशन हुँदाका बखत लगानीकर्ताबाट दरखास्त फारम बुझेर निजहरुको यस बैकमा भएको चल्ती, बचत वा कल खातामै रकम रोक्का राखी दरखास्तको निष्सा दिइन्छ ।
धितोपत्र बाँडफाँट भएपछि निबेदकको नाममा शेयर बाँडफाँड भए बराबरको रकम मात्र खाताबाट कट्टा गरी बाँकी रकम सोही खातामा फुकुवा हुन्छ ।
यसका लागि धितोपत्र बोर्डले प्रतिफारम १ सय रुपैयाँसम्म शुल्क लिन पाउने व्यवस्था गरे पनि बैंकहरुले भने न्यून दरमै यो सेवा दिइरहेका छन ्।
तपाईको प्रतिक्रिया