logo

कुमारी बैंकको एपमार्फत भुक्तानी गर्दा १० प्रतिशत क्यासब्याक, दैनिक १०० रुपैयाँसम्म फिर्ता

    1204   पटक पढिएको

२५ मंसिर / अर्थ र व्यापार - कुमारी बैंकले सय रूपैयाँको टपअप गर्दा अर्को एक सय रूपैयाँ क्यासब्याक हुने स्किम ल्याएको छ।  बैंकको मोबाइल एप डाउनलोड गरी कारोबार गर्नेलाई यो सुविधा प्राप्त हुने छ। बैंकले  १०० मा १०० र ’स्क्यान एण्ड पे’ स्किम ल्याएको छ। 

क्यासब्याक योजनामा सहभागी हुन ग्राहकले पहिलो चोटी कुमारी मोबाइल बैंकिङको प्रयोग गरेको हुनुपर्नेछ । ’स्क्यान एन्ड पे’ योजनामा विभिन्न रेष्टुरेन्टमा १० प्रतिशतसम्म छुट पाइने छ। विभिन्न पसल तथा रेस्टुराँहरूमा क्युआर कोड स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशत वा दैनिक आधिकतम सय रूपैयाँसम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन्। यो योजना फागुन १७ गतेसम्म लागू हुने छ।

कुमारी बैंकले एपमार्फत पानी, बिजुली, सारथीको ट्याक्सी, नेपाल ग्यास, इन्टरनेट आदिको महसुल भुक्तानी गर्ने सेवा यस अघिबाटै दिँदै आएको छ। कुमारीका देशभर १ सय १६ शाखा सञ्जाल, १ सय ११ एटिएम, ५ एक्सटेन्सन काउन्टर तथा २० शाखारहित बैंकिङ इकाइहरू छन्।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।