logo

प्रतिनिधि कार्यालय खोल्नुअघि नै आइसीआइसीआइ बैंकको नबिलसँग साझेदारी

    1025   पटक पढिएको

२० पुस / अर्थ र व्यापार - नेपाल र भारतका निजी क्षेत्रका दुई ठूला बैंकबीच साझेदारी भएको छ। नबिल बैंक र भारतको आइसीआइसीआइ बैंकबिच साझेदारी भएको हो। नेपालमा प्रतिनिधि कार्यालय खोल्ने तयारी गरिरहेको आइसीआइसीआइ बैंकले नबिल बैंकलाई लगानी, ब्यापारलगायतका क्षेत्रमा सघाउने छ। 

सम्झौताले दुई संस्थाबिच सहकार्य तथा व्यापार, विप्रेषण (रेमिट्यान्स), ट्रेजरी (कोष) लगायत विद्यमान विविध व्यवसायिक सम्बन्धलाई थप बलियो बनाउन फ्रेमवर्क (ढाँचा) सिर्जना गर्ने प्रमुख कार्यकारी अधिकृत अनिल शाहले जानकारी दिए।

सम्झौतापत्रमा शाह र आईसीआईसीआई बैंकका इन्टरनेशनल फाइनान्सियल इन्स्टिच्युशन ग्रुप प्रमुख रञ्जु सिगटियाले हस्ताक्षर गरेका छन्। नबिल बैंकको केन्द्रीय कार्यालयमा समझदारी भएको हो।

’नेपालमा भारतीय धेरै परियोजनाहरु सञ्चालनमा छन्, जसमा आइसीआइसीआइ बैंकले लगानी गरिरहेको छ’ शाहले अर्थ र व्यापारसँग भने, ’अब ती परियोजनाहरुलाई नबिलले स्थानीय बैंकिङ सुविधा उपलब्ध गराउने छ।’

उनले नबिल बैंक मर्जरका लागि गम्भीर रहेको भन्दै मर्जर नभएको अवस्थामा बैंकलाई थप सुदृढ बनाउँदै लैजान पनि अहिले भएको साझेदारीले सहयोग पुग्ने बताए। बैंकले खासगरी सुचना प्रविधि र रेमिटेन्सको क्षेत्रमा बिस्तारित काम गर्ने भएको छ। 

सम्झौतापछि दुई बैंकले आफ्ना ग्राहकको व्यापार तथा ट्रेजरी आवश्यकतामा निर्वाध सहयोग गर्न एक आपसमा निकट सहकार्यका साथ काम गर्ने छन्। नबिल बैंकले नेपालमा बलियो बजार पहुँच बनाएको छ भने आईसीआईसीआई बैंकले बैंकिङ तथा फ्रान्चाइज विस्तार (भारतभरका साथै केही प्रमुख विश्व बजार) मा विशिष्टता हासिल गरेको छ। ’सहकार्य गर्दा ‘जोइन्ट स्ट्रेन्थ’ (संयुक्त शक्ति) को प्रभावकारी रुपमा लाभ उठाउन  सकिन्छ,’ शाहले भने। 

साझेदारीपछि सिगटियाले नेपाली ग्राहकलाई आइसीआइसीआई बैंकको उपस्थिती भएका भारत तथा अन्य मुलुकका स्थानहरुसम्म जोड्न सक्रिय रुपमा काम गर्ने बताइन्। 

आईसीआईसीआई बैंकले भारतमा ५२२८ शाखा तथा १५१५९ एटिएम काउन्टरहरु, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ र फोन बैंकिङ लगायत मल्टि–च्यानल डेलिभरी नेटवर्कमार्फत ठूलो संख्यामा रहेका आफ्ना ग्राहक (कस्टुमर बेस) लाई सेवा दिँदै आएको छ। नबिल बैंकको पनि ९७ वटा शाखा छन्। 

आइसीआइसीआइ बैंकले नेपालमा प्रतिनिधि कार्यालय खोल्नका लागि राष्ट्र बैंकबाट सैद्धान्तिक स्वीकृति पाइसकेको छ। बैंकले नेपाल प्रमुख नियुक्त गर्ने प्रकृयासमेत थालिसकेको छ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।