logo

प्रतिनिधि कार्यालय खोल्नुअघि नै आइसीआइसीआइ बैंकको नबिलसँग साझेदारी

    1132   पटक पढिएको

२० पुस / अर्थ र व्यापार - नेपाल र भारतका निजी क्षेत्रका दुई ठूला बैंकबीच साझेदारी भएको छ। नबिल बैंक र भारतको आइसीआइसीआइ बैंकबिच साझेदारी भएको हो। नेपालमा प्रतिनिधि कार्यालय खोल्ने तयारी गरिरहेको आइसीआइसीआइ बैंकले नबिल बैंकलाई लगानी, ब्यापारलगायतका क्षेत्रमा सघाउने छ। 

सम्झौताले दुई संस्थाबिच सहकार्य तथा व्यापार, विप्रेषण (रेमिट्यान्स), ट्रेजरी (कोष) लगायत विद्यमान विविध व्यवसायिक सम्बन्धलाई थप बलियो बनाउन फ्रेमवर्क (ढाँचा) सिर्जना गर्ने प्रमुख कार्यकारी अधिकृत अनिल शाहले जानकारी दिए।

सम्झौतापत्रमा शाह र आईसीआईसीआई बैंकका इन्टरनेशनल फाइनान्सियल इन्स्टिच्युशन ग्रुप प्रमुख रञ्जु सिगटियाले हस्ताक्षर गरेका छन्। नबिल बैंकको केन्द्रीय कार्यालयमा समझदारी भएको हो।

’नेपालमा भारतीय धेरै परियोजनाहरु सञ्चालनमा छन्, जसमा आइसीआइसीआइ बैंकले लगानी गरिरहेको छ’ शाहले अर्थ र व्यापारसँग भने, ’अब ती परियोजनाहरुलाई नबिलले स्थानीय बैंकिङ सुविधा उपलब्ध गराउने छ।’

उनले नबिल बैंक मर्जरका लागि गम्भीर रहेको भन्दै मर्जर नभएको अवस्थामा बैंकलाई थप सुदृढ बनाउँदै लैजान पनि अहिले भएको साझेदारीले सहयोग पुग्ने बताए। बैंकले खासगरी सुचना प्रविधि र रेमिटेन्सको क्षेत्रमा बिस्तारित काम गर्ने भएको छ। 

सम्झौतापछि दुई बैंकले आफ्ना ग्राहकको व्यापार तथा ट्रेजरी आवश्यकतामा निर्वाध सहयोग गर्न एक आपसमा निकट सहकार्यका साथ काम गर्ने छन्। नबिल बैंकले नेपालमा बलियो बजार पहुँच बनाएको छ भने आईसीआईसीआई बैंकले बैंकिङ तथा फ्रान्चाइज विस्तार (भारतभरका साथै केही प्रमुख विश्व बजार) मा विशिष्टता हासिल गरेको छ। ’सहकार्य गर्दा ‘जोइन्ट स्ट्रेन्थ’ (संयुक्त शक्ति) को प्रभावकारी रुपमा लाभ उठाउन  सकिन्छ,’ शाहले भने। 

साझेदारीपछि सिगटियाले नेपाली ग्राहकलाई आइसीआइसीआई बैंकको उपस्थिती भएका भारत तथा अन्य मुलुकका स्थानहरुसम्म जोड्न सक्रिय रुपमा काम गर्ने बताइन्। 

आईसीआईसीआई बैंकले भारतमा ५२२८ शाखा तथा १५१५९ एटिएम काउन्टरहरु, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ र फोन बैंकिङ लगायत मल्टि–च्यानल डेलिभरी नेटवर्कमार्फत ठूलो संख्यामा रहेका आफ्ना ग्राहक (कस्टुमर बेस) लाई सेवा दिँदै आएको छ। नबिल बैंकको पनि ९७ वटा शाखा छन्। 

आइसीआइसीआइ बैंकले नेपालमा प्रतिनिधि कार्यालय खोल्नका लागि राष्ट्र बैंकबाट सैद्धान्तिक स्वीकृति पाइसकेको छ। बैंकले नेपाल प्रमुख नियुक्त गर्ने प्रकृयासमेत थालिसकेको छ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।