१५ भदौ / अर्थ र व्यापार – नेपाल बैंककले आफ्नो नाममा भएको डिप्रोक्स लघुवित्त विकास बैंकको साधारण शेयर बिक्रीको लागि गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको छ । आजबाट असोज ४ गतेसम्म बिक्री खुल्ला राख्ने छ । लघुवित्तको बिक्री प्रबन्धक सिद्धार्थ क्यपिटलले रहेको छ ।
बैंककले बोलपत्रको लागि न्युनतम मुल्य १२०० रुपैयाँ तोकेको छ भने न्युनतम १०० कित्तादेखि अधिकतम एक लाख ८० हजार ३७८ कित्तासम्म आवेदन दिन पाइने छ । बैंकले आवेदन परेका शिलबन्दी बोलपत्र असोज ६ गते विहान ७ बजे विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल नारायण चौरमा खोल्ने छ ।
तपाईको प्रतिक्रिया