logo

ओम डेभलपमेण्ट बैंकले ४३ करोड ३४ लाख ४५ हजार रुपैंया खुद नाफा कमाए

    1020   पटक पढिएको

१७ साउन / अर्थ र व्यापार – ओम डेभलपमेण्ट बैंकले गत आर्थिक वर्षमा सुधारिएको वित्तीय विबरण निकालेको छ । बैंकले गत असार मसान्तसम्ममा ४३ करोड ३४ लाख ४५ हजार रुपैंया खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा बैंकले २९ करोड ६५ लाख ३० हजार रुपैंया खुद नाफा कमाएको थियो ।

समिक्षा अवधिमा बैंकको खुद नाफा ४६.१७ प्रतिशतले बढेको हो । समिक्षा अवधिमा बैंकको चुक्ता पूँजी एक अर्ब ३६ करोड दुई लाख ८१ हजार रुपैंयाबाट बढेर एक अर्ब ६४ करोड ३९ लाख ४४ हजार रुपैंया पुगेको छ । 

बैंकले धितोपत्र बोर्डमा ३० प्रतिशत हकप्रद निष्काशनको अनु्मति मागेको छ । हकप्रद पश्चात बैंकको चुक्ता पूँजी दुई अर्ब १३ करोड हाराहारी हुनेछ । थप ३७ करोड बराबरको पूँजी बोनस बितरण गरेर पुर्याउने योजना बैंकको छ ।

बैंकको जगेडा कोषमा ७५ करोड ८६ लाख ५९ हजार रुपैंया सञ्चित छ । बैंकको प्रतिसेयर आम्दानीमा भने केही संकुचन आएको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा ३० रुपैंया ८३ पैसा रहेको प्रतिसेयर आम्दानी अहिले २६ रुपैंया ३७ पैसामा खुम्चिएको हो। 
बैंकको प्रतिसेयर नेटवर्थ समिक्षा अवधिमा एक सय १९ रुपैंया ६५ पैसाबाट बढेर एक सय ६० रुपैंया ४३ पैसा कायम भएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।