१६ असार / अर्थ र व्यापार – ओम डेभलपमेन्ट बैंकले कास्कीको लेखनाथ स्थित अर्घाैमा शाखा संचालनमा ल्याएको छ । शुक्रबार पोखरा लेखनाथ महानगरपालिकाका मेयर मान बहादुर जि.सिले उद्धघाटन गरेका हुन् ।
शाखा विस्तार सँगै ओमले लक्ष्मि मा.बि. लेखनाथलाई छात्राबृद्धि र सृजना बहिरा आवासिय माध्यमिक बिद्यालय, लेखनाथलाई पंखा वितरण गरेको छ ।
ओमले गत असार २ गतेदेखि मनास्लु विकास बैंकलाई गाँभेर संयुक्त कारोवार गरेको थियो । संयुक्त कारोवार पछि बैंकको चुक्ता पुंजी १ अर्ब ६५ करोड, निक्षेप १५ अर्ब ४० करोड, कर्जा १३ अर्ब ८० करोड, शाखा संख्या ४१, कर्मचारी संख्या ३२७, ग्राहक संख्या २ लाख २३ हजार पुगेको छ ।
बैंकले १०ः३ अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रक्रिया अगाडी बढाईसकेको छ ।
राष्ट्र बैंकले तोकेको दुई अर्ब ५० करोड चुक्तापूँजी पुर्याउन बैंकले मर्जरपछि ३० प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो । गत चैतमा सम्पन्न विशेष साधारणसभाले मर्जरपछि ३० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको थियो ।
तपाईको प्रतिक्रिया