१४ जेठ /अर्थ र व्यापार - ओम डेभलपमेन्ट बैंकको नयाँ ब्याजदर सार्वजनिक भएको छ । बैंकले मुद्दति निक्षेपमा १० प्रतिशत ब्याज दिने जनाएको छ । त्यसैगरि बचत तर्फ न्यूनतम एक देखि ७ प्रतिशतसम्म ब्याजदर रहेको छ ।
यस्तै बैंकले ऋणमा दुई प्रकारको ब्याज लाग्ने जनाएको छ । कुनै पनि प्रकारको ऋण लिएको खण्डमा सामान्य र इन्स्योरेन्स लोन गरी दुई प्रकारको ब्याज रहेको छ । सामान्य ऋणमा बढी र इन्स्योरेन्ससहितको ऋणमा लाग्ने ब्याज कम रहेको छ ।
सबै कम ब्याज बिजनेश लोनमा २.८५ प्रतिशत रहेको छ । यस्तै सबै भन्दा बढी माइक्रोफाइनान्स जनरल ग्रुप ऋणमा ६.८५ प्रतिशत ब्याज रहेको छ । यस्तै सेयर धितो कर्जामा ३.८५ प्रतिशत ब्याज लाग्ने छ ।
तपाईको प्रतिक्रिया