२ असार / अर्थ र व्यापार - पोखराको ओम डेभलपमेन्ट बैंकले गोर्खाको मनास्लु विकास बैंकलाई गाभेर शुक्रबारदेखि एकिकृत कारोबार थालेको छ । एकिकृत कारोबारको शुभारम्भ राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपालले गरेका हुन । मर्ज पश्चात ओम डेभलपमेन्ट बैंकको नाममा एकिकृत कारोबार सुरु भएको हो । मर्जर पश्चात बैंकको चुक्ता पूँजी एक अर्ब ६५ करोड, निक्षेप १५ अर्ब ४० करोड रुपैयाँ, कर्जा प्रवाह १३ अर्ब ८० करोड रुपैयाँ तथा ४१ शाखा पुगेको छट ।
राष्ट्र बैंकले तोकेको दुई अर्ब ५० करोड चुक्तापूँजी पुर्याउन बैंकले मर्जरपछि ३० प्रतिशत हकप्रद निष्काशन गर्देछ । गत चैतमा सम्पन्न विशेष साधारणसभाले मर्जरपछि ३० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको थियो । बैंकले प्रस्ताव गरेको ३० प्रतिशत हकप्रद सेयर जारीपछि र चालु आर्थिक बर्षका मुनाफबाट बोनस बाड्दा बैंकको चुक्तापूँजी २ अर्ब ५० करोड पुग्नेछ ।
तपाईको प्रतिक्रिया