१६ मंसिर/अर्थ र व्यापार– नेपाल राष्ट्र बैंकले मुद्दती निक्षेपमा २ अर्ब ६६ करोड रुपैयाँ बराबरको रकम लगानी गर्ने भएको छ ।
बैंकले उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम २७५ दिनका लागि बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्न लागिएको बताएको छ ।
केन्द्रीय बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा २ अर्ब १२ करोड ८० लाख रूपैयाँ, ‘ख’ वर्गको विकास बैंकमा ३९ करोड ९० लाख रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरुमा १३ करोड ३० लाख रुपैयाँ लगानी गर्न लागेको बताएको छ ।
बैंक तथा वित्तीय संस्थाले मंसिर १७ गते अपरान्ह ३ बजेसम्म आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदर समेत खुलाएर राष्ट्र बैंकमा पेश गर्नुपर्ने छ ।
तपाईको प्रतिक्रिया