logo

एनएमबि माइक्रोफाइनान्सको २ दिने लघुवित्त अभिमुखीकरण तालिम

    1881   पटक पढिएको


२२ कात्तिक / अर्थ र व्यापार - काठमाडौं–एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाले फिल्डमा कार्य गर्ने प्रशिक्षार्थी कर्मचारीहरुका लागि लघुवित्त कार्यक्रम संचालन सम्बन्धी ज्ञान दिलाउने र फिल्ड काम गर्न दक्ष बनाउने उद्धेश्यले २ दिने लघुवित्त अभिमुखीकरण तालिमको आयोजना गर्यो । उक्त तालिमको वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत तिर्थरत्न कोनाजोले बुधवार एक कार्यक्रमका बिच उद्घाटन गरेका थिए । 
उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत कोनाजोले लघुवित्तको संचालनको शुरुवात, नेपालमा यसको स्थापना तथा हालको अवस्थाको वारेमा प्रकाश पारे । 
लघुवित्त कार्यक्रम नेपालमा प्रभावकारी रुपमा संचालन हुदै आइरहेको र ग्रामीण क्षेत्रको आर्थिक विकासको लागि मेरुदण्डको रुपमा स्थापित भएतापनि नेपालको कुनै पनि विद्यालय, विश्वविद्यालयहरुको शैक्षिक पाठ्यक्रममा यसको अध्ययन अध्यापन हुन नसकेकोले यस सम्बन्धमा सम्बन्धित निकायहरुको ध्यान जानुपर्ने विचार ब्यक्त गरे । लघुवित्त कार्यक्रम एक सामाजिक कार्य भएकोले यस क्षेत्रमा काम गर्ने जोसुकै कर्मचारीहरुको अन्तरआत्माबाटै सामाजिक भावना जागृत हुनुपर्ने धारणा राखे ।  
लघुवित्तको क्षेत्रमा काम गर्ने कर्मचारीहरुमा लघुवित्त सम्बन्धी ज्ञानको साथसाथै अन्य विषयहरुको पनि चौतर्फी ज्ञान, सीप र दक्षता हुनुपर्ने देशमा भईरहेका नयाँ घटना तथा जानकारीमुलक कुराहरु, सान्दर्भिक लेख रचनाहरु लगायतका कुराहरुमा अपडेट हुन समेत आग्रह गरे ।
 तालिम, गोष्ठी र कार्यक्रम कर्मचारीको ब्यक्तित्व विकासको महत्वपुर्ण औजार भएकाले हरेक कर्मचारीलाई समय समयमा तालिम आवश्यक रहेको कुरा वताए । त्यसै गरी हरेक कर्मचारीहरुमा सकारात्मक सोचाई हुनुपर्ने र कर्मचारीहरु ग्रामीण क्षेत्रको विपन्न वर्ग, समुदायमा काम गर्नुपर्ने भएकाले सबैलाई सम्मानजनक ब्यवहार गर्नुपर्ने कुरामा जोड दिए ।
२ दिन सम्म संचालन हुने सो तालिममा  वित्तीय संस्थाको वारेमा जानकारी, नेपालमा लघुवित्तको वर्तमान अवस्था, लघुवित्तको फिल्डमा काम गर्ने कर्मचारीहरुमा हुनुपर्ने आवश्यक कुराहरु, फिल्डमा आइपर्ने समस्या तथा चुनौतीहरु र ती चुनौतीहरुको समाधान गर्ने उपायहरुका साथै समुह प्रवेश पुर्व तालिम संचालन प्रक्रियाहरुका वारेमा केन्द्रित रहने जानकारी गराइयो । 
कार्यक्रममा ३५ जना नयाँ प्रशिक्षार्थीहरुका साथै केन्द्रीय कार्यालयका विभागीय प्रमुख लगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो । विभागीय प्रमुख खगेन्द्र तिम्सिनाले संचालन गरको उक्त तालिममा वित्तीय संस्थाको सहायक महाप्रबन्धक ईश्वर आत्रेयले उपस्थित सहभागीहरुलाई स्वागत गरेका थिए ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।