१४ माघ / अर्थ र व्यापार - एनएमबि हाइब्रिड फन्ड एल –१ को पुसमा प्रतिइकाइ मूल्य (न्याभ) १० रुपैयाँ ६० पैसामा कायम भएको छ । मंसिर महिनामा फन्डको न्याभ १० रुपैयाँ ११ पैसा रहेको थियो । फन्डको न्याभ मंसिर महिनाको भन्दा ४९ पैसा धेरै हो ।
अघिल्लो महिनाको तुलनामा यस फन्डको सेयर सूचीकत सेयर लगानी बढेको छ । पुस महिनामा फन्डमा सूचीकृत सेयरमा लगानी ४३ करोड ५५ लाख रुपैयाँ पुगेको छ । मंसिर महिनामा फन्डमा ४० करोड ११ लाख ५७ हजार रुपैयाँ लगानी गरेको छ ।
तपाईको प्रतिक्रिया