logo

एनएमबि बैंक (NMB) द्वारा लाभांश पारित गर्न साधारण सभा आह्वान

    1194   पटक पढिएको

२ पुस/ अर्थ र व्यापार  - एनएमबि बैंक (NMB) ले गत आर्थिक वर्ष २०७४र७५ को नाफाबाट वितरण गर्न प्रस्ताव गरेको ३० प्रतिशत लाभांश पारित गर्न साधारण सभा आह्वान गरेको छ । बैंकले पुस २६ गते बिहीबार बैंकले आर्मी अफिसर्स क्लब भद्रकालीमा बिहान ११ बजे २३ औं वार्षिक साधारण सभा डाकेको हो । साधारण सभाका लागि बैंकले पुस १० गते मंगलबार शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने निर्णय गरेको छ । यसअनुसार पुस ९ गते सोमबारसम्म कायम रहने बैंकका शेयरधनीले मात्र लाभांश पाउनेछन् ।

बैंक सञ्चालक समितिको मंसिर ५ गते सम्पन्न ३६९ औं बैठकले आर्थिक वर्ष २०७४र७५ को नाफाबाट १० प्रतिशत (८७ लाख ४३ हजार ७८४.२३ कित्ता) बोनस शेयर र कर प्रयोजनका सहित २० प्रतिशत (एक अर्ब ७४ करोड ८७ लाख ५६ हजार ८ सय ४५.८१ रुपैयाँ) नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । साधारण सभाले यो लाभांश वितरण गर्ने प्रस्तावलाई  अनुमोदन गर्नेछ ।

हाल एनएमबी बैंकको हालको चुक्ता पूँजी ८ अर्ब ७४ करोड ३७ लाख ८४ हजार २२९ रुपैयाँ रहेको छ । बोनस शेयर वितरणपछि बैंकको चुक्ता पूँजी ९ अर्ब ६१ करोड ८१ लाख ६२ हजार ६५१ रुपैयाँ पुग्नेछ । यसैगरि बैंकको २३ औं साधारण सभाले नाफा नोक्सान पहसाब सहित समग्र वित्तीय विवरणमाथि छलफल गरि पारित गर्ने, लेखापरिक्षक नियुक्ति र पारिश्रमिक निर्धारण, र बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संसोधन गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने लगाएका एजेण्डा पारित गर्नेछ ।

एनएमबि बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५५ करोड ५ लाख ५६ हजार रुपैयाँ खुद नाफा कमाएर  वार्षिक प्रतिशेयर आम्दानी २६ रुपैयाँ ६४ पैसाकायम गरेको छ । बैंकको शेयरमूल्य पुस १ गते  आइतबार प्रतिकित्ता ३७४ रुपैयाँमा कारोबार भएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।