logo

एनएमबी बैंकको नाफा १ अर्ब ६३ करोड, स्प्रेड दर ५ प्रतिशतभन्दा माथि

    1313   पटक पढिएको

२६ माघ / अर्थ र व्यापार - एनएमबी बैंकले चालु आर्थिक वर्षको ६ महिनामा १ अर्ब ६३ करोड ६० लाख रुपैयाँ नाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले १ अर्ब १० करोड ९९ लाख रुपैयाँ नाफा गरेको थियो ।

बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणका अनुसार बैंकले गत पुस मसान्तसम्ममा १ खर्ब १३ अर्ब ६३ करोड ७० लाख रुपैयाँ कर्जा तथा लगानी गरेको छ । गत आवको सोही अवधिमा बैंकले ८८ अर्ब ४८ करोड ५० लाख रुपैयाँ कर्जा तथा लगानी गरेको थियो ।
चालु आवको ६ महिनासम्ममा बैंकसँग सर्वसाधारणको १ खर्ब २६ अर्ब ४२ करोड ९० लाख रुपैयाँ निक्षेप छ । गत आवको सोही अवधिमा बैंकसँग सर्वसाधारणको ९७ अर्ब ८९ करोड २३ लाख रुपैयाँ निक्षेप थियो ।

चालु आवको ६ महिनामा ७ अर्ब १ करोड ३० लाख रुपैयाँ व्याज आम्दानी गरेको छ भने ४ अर्ब २७ करोड ८६ लाख रुपैयाँ व्याज खर्च गरेको छ । गत आवको सोही अवधिमा बैंकले ५ अर्ब २८ करोड४० लाख रुपैयाँ व्याज आम्दानी गरी ३ अर्ब २७ करोड ८५ लाख रुपैयाँ व्याज खर्च गरेको थियो । बैंकको गत आवको पुस मसान्तसम्ममा २ अर्ब ५५ लाख रुपैयाँ खुद व्याज आम्दानी थियो भने चालु आवको सोही अवधिमा २ अर्ब ७३ करोड ४३ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ ।

बैंकको खराब कर्जा अनुपात केही बढेको छ । गत आवको पुस मसान्तसम्ममा ०.७८ प्रतिशत रहेको खराब कर्जा अनुपात चालु आवको सोही अवधिसम्ममा १.९६ प्रतिशत पुगेको छ । यस्तै, कष्ट अफ फण्ड पनि केही बढेको छ । गत आवको पुस मसान्तमा ७.३२ प्रतिशत रहेको बैंकको कष्ट अफ फण्ड चालु आवको सोही अवधिमा ७.७० प्रतिशत पुगेको छ ।

बैंकको पुँजी निक्षेप कर्जा अनुपात - सीसीडी रेसियो ७७.५५ प्रतिशत छ । गत आवको पुस मसान्तसम्ममा सीसीडी रेसियो ७८.९५ प्रतिशत थियो । बैंकहरुले सीसीडी रेसियो ८० प्रतिशतसम्म पुर्याउन पाउँछन् । त्यसैले एनएमबीसँग अब धेरै कर्जा दिन सक्ने स्पेस बाँकी छैन भने आफूसँग भएको स्रोतको अधिकतम उपयोग गरेको छ ।

बैंकको आधार दर केही बढेको छ । गत आवको पुस मसान्तमा १०.११ प्रतिशत रहेको आधार दर चालु आवको सोही अवधिमा १०.१२ प्रतिशत छ । आधार दर बढ्दा कर्जाको व्याजदर बढ्ने सम्भावना हुन्छ । यस्तै, व्याज अन्तर (स्प्रेड) दर पनि बढेको छ । गत आवको पुस मसान्तसम्ममा ४.७३ प्रतिशत रहेको आधार दर चालु आवको पुस मसान्तसम्ममा ५.०३ प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकले बैंकहरुलाई चालु आवको अन्त्यसम्ममा व्याज अन्तरदर ४.४ प्रतिशत ल्याइसक्न निर्देशन दिएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।