logo

एनएमबी बैंकको शेयरमा लगानीकर्ताको आकर्षण बढ्यो

    969   पटक पढिएको

४ बैशाख /अर्थ र व्यापार - एनएमबी बैंकको शेयरमा लगानीकर्ताहरु आकर्षित भएका छन् । विदेशबाट ऋण ल्याएर लगानी गरिरहेको बैंकले बम्पर नाफा गर्ने आँकलन गरिएको छ । बैंकको बुधबारमात्रै प्रतिकित्ता १० रुपैयाँले बढेको छ । बुधबारको बजार मूल्य एक वर्ष यताको अधिकतम मूल्य हो । लगभग तीन घण्टाको अवधिमा बैंकको ५ करोड रुपैयाँभन्दा माथिको कारोबार भएको छ । बैंकको मूल्य बढेसँगै कारोबार रकम पनि बढिरहेको छ ।

दोस्रो बजारमा विगत केही दिनदेखि अधिकतम कारोबार हुने सूचीभित्र एनएमबी बैंकको शेयर पर्दै आएको छ । बैंकले गत वर्ष ३३३ रुपैयाँमा एफपिओ निष्कासन गर्दा दोस्रो बजारमा मूल्य ३३३ रुपैयाँभन्दा तल झरेको थियो । बैंकले एफपिओ धनीहरुलाई समेत ४५ प्रतिशत लाभांश दिइसकेको छ ।

बैंकको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार प्रतिशेयर आम्दानी २५ रुपैयाँ छ । तेस्रो त्रैमासिक वित्तीय विवरणमा अझै सुधार हुने बजारमा चर्चा छ । लाभांश वितरण पश्चात पनि बैंकको जगेडा कोषमा अझै ९ अर्ब रुपैयाँभन्दा माथि रहेको छ । चुक्ता पूँजी ८ अर्ब ७४ करोड रुपैयाँ र जगेडामा ९ अर्ब २४ करोड रुपैयाँ रहेको बैंकले आगामी वर्ष अझै राम्रो लाभांश दिन सक्ने भन्दै लगानीकर्ता आकर्षित भएको एक ब्रोकरले बताए ।


 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।