logo

एनएमबी बैंकद्वारा आर्थिक वर्षको दोस्रो त्रैमासमा १ अर्ब १० करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन

    1175   पटक पढिएको

१८ माघ /अर्थ र व्यापार  - एनएमबी बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा एक अर्ब १० करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत पुस मसान्तको तुलनामा बैंकले १५.२८ प्रतिशतले खुद नाफा बढाएको हो ।

गत पुस मसान्तसम्ममा बैकले ९६ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यस अवधिमा बैंकको खुद नाफामा १४ करोड ७१ लाख रुपैयाँले सुधार आएको हो । थप नयाँ साधारण शेयर (एफपिओ) बिक्रीबाट संकलित प्रिमियमबाट बैंकले आफ्नो जगेडा कोष चुक्ता पूँजीभन्दा मजबुत बनाएको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार बैंकको चुक्ता पूँजी भन्दा जगेडा कोष ४९ करोड बढी पुगेको छ । बैंकले गत २ आर्थिक वर्षको नाफाबाट वितरण गरेको बोनस भने पूँजीकरण गर्न बाँकी छ ।

चुक्ता पूँजी ८ अर्ब ७४ करोड ३७ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ९ अर्ब २४ करोड ३२ लाख रुपैयाँ सञ्चित छ । गत वर्षको यसै अवधिमा बैंकको जगेडा कोषमा ५ अर्ब ४० करोड ४८ लाख रुपैयाँ सञ्चित थियो । बैंकको जगेडा कोष ७१ प्रतिशतले बढेको हो । बैंकले प्रिमियम सहित प्रतिकित्ता ३३३ रुपैयाँमा एक करोड १४ लाख १५ हजार १६३ कित्ता एफपिओ बिक्री गरेको थियो । जसबाट बैंकको जगेडा कोषमा उल्लेख्य सुधार आएको हो ।

नेपाल फाइनान्सियल रिर्पोटिङ स्टयाण्डर्ड (एनएफआरएस) अनुसार बैंकले पुस मसान्तसम्ममा ९७ करोड ४८ लाख ५५ हजार रुपैयाँ वितरण योग्य नाफा (फ्रि प्रोफिट) गरेको छ । जुन गत वर्षको यसै अवधिको तुलनामा ३.२२ प्रतिशत अर्थात ३ करोड २४ लाख कम हो । गत वर्षको प्रथम त्रैमासमा बैंकको फ्रि प्रोफिट एक अर्ब ७२ लाख रुपैयाँ थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।