logo

एनएमबी बैंकको नाफामा १९.९४ प्रतिशतले बृद्धि

    1057   पटक पढिएको

२३ बैशाख /अर्थ र व्यापार - एनएमबी बैंकले चालु आर्थिक वर्षको ९ महिनामा गत वर्षको तुलनामा १९.९४ प्रतिशतले नाफा बढाएको छ । बैंकले चैत मसान्तसम्ममा एक अर्ब ६५ करोड रुपैयाँ नाफा गरेको छ । गत वर्षको यहि अवधिमा एक अर्ब ३७ करोड रुपैयाँ नाफा गरेको थियो । बैंकले तीन विदेशी संस्थाबाट दुई अर्ब ९४ करोड रुपैयाँ ऋण ल्याएर उत्पादनशील क्षेत्रमा लगानी गरेको छ । बैंकले ९ महिनाको अवधिमा ९३ अर्ब ९६ करोड रुपैयाँ निक्षेप संकलन गरि ९० अर्ब ३९ करोड रुपैयाँ ऋण लगानी गरेको छ ।

कर्जा लगानीमा आक्रामक देखिएको बैंकको व्याज आम्दानी ३० प्रतिशत र व्याज खर्च १८ प्रतिशतले वृद्धि भएको छ । चैत मसान्तसम्ममा ८ अर्ब ६ करोड रुपैयाँ व्याज आम्दानी गरेको छ भने चार अर्ब ९६ करोड व्याज खर्च भएको छ । खुद व्याज आम्दानी ५३ प्रतिशतले सुधार भएर तीन अर्ब ९ करोड रुपैयाँ आर्जन गर्न सफल भएको छ । बैंकिङ क्षेत्रमा देखिएको तरलताको समस्या समाधानका लागि एनएमबी बैंकले नेपालमै पहिलो पटक विदेशबाट ऋण ल्याएर लगानी गरेको छ ।

बैंकले एफपिओ र बोनस शेयर मार्फत ४८ प्रतिशत चुक्ता पूँजी वृद्धि गरेको छ। बोनस शेयर एफपिओ मार्फत बैंकले ७ अर्ब ३७ करोड रुपैयाँको पूँजीबाट ९ अर्ब तीन करोड रुपैयाँ पुर्याएको हो । एफपिओको प्रिमियम रकम सहित बैंकको जगेडा कोषमा ७ अर्ब १३ करोड रुपैयाँ जम्मा भएको छ । चुक्ता पूँजी र जगेडाकोष बढेसँगै बैंकको पूँजी कोष अनुपात थप २.५१ प्रतिशत विन्दुले बढेर १५.४४ प्रतिशत कायम भएको छ । प्रर्याप्त पूँजीकोष रहेकोले बैंकले आगामी दिनमा नियामकीय निर्देशन अनुसार थप कर्जाको विस्तार गर्ने योजना बनाएको छ ।

बैंकले एक वर्षको अवधिमा खराव कर्जा १.१० प्रतिशतबाट ०.७९ प्रतिशतमा झार्न सफल भएको छ । बैंकको कर्जाको गुणस्तरमा भएको सुधार र असूलीको दक्षताले गर्दा यस वर्ष खराव कर्जा घटाउन सफल भएको जनाएको छ । विशिष्ट रणनैतिक उद्देश्य स्थीरतामा लक्षित भएकोले राम्रो वित्तीय प्रदर्शन गर्न सक्षम भएको बैंकले जनाएको छ । बैंकले हालै नयाँ भर्सनको बैंकिङ सिस्टम फिनाकलमा स्तरोन्नती गरी संचालनमा ल्याएको छ ।
चुक्ता पूँजी ४८ प्रतिशतले वृद्धि हुदा पनि नाफामा उल्लेख्य सुधार हुँदा प्रतिशेयर आम्दानी थप एक रुपैयाँले बढेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।