९ माघ/अर्थ र व्यापार– एनएमबि बैंकले निक्षेपमा आकर्षक ब्याजदर योजना सार्वजनिक गरेको छ ।
बैंकले साधारण बचतमा ५.१ प्रतिशत ब्याजदर र मुद्दति निक्षेपमा ८.१ प्रतिशत वार्षिक ब्याजदर दिने बताएको छ। जुन सञ्चालनमा रहेका सबै २७ वाणिज्य बैंकहरु मध्ये सबैभन्दा धेरै ब्याजदर हो ।
एनएमबि बैंक ‘बैंक अफ दी इयर’ बाट पछिल्लो चार वर्षमा तीन् पटक सम्मानित भएको छ । वित्तीय समावेशीकरण, कोभिड संकटमा ग्राहक तथा समाजको वित्तीय आवश्यकतालाई सहजीकरण गर्न चालिएका कदम, र अन्य वित्तीय तथा गैर–वित्तीय परिसूचकहरुका आधारमा बैंक अफ दि इयर–२०२० उपाधि दिइएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले ग्राहकको विश्वास र नियामक निकाय केन्द्रीय बैंकको कुशल नियमनका कारण बैंक सफल बन्दै गएको बताएका छन् ।
तपाईको प्रतिक्रिया