३१ जेठ / अर्थ र व्यापार - एनएमबी क्यापिटलले प्रबर्द्धन गरेको ‘एमएनबी ५०’ ले सार्वजनिक इकाई निष्कासन गर्ने अनुमति पाएको छ । एनएमबी ५० ले एक अर्ब २० करोड रुपैयाँको लागि अनुमति पाएको हो । अनुमति पाएसँगै फण्डले सार्वजनिक इकाईको निष्कासन गर्नेछ । यो योजना बन्दमुखी योजना हो ।
एनएमबी क्यापिटलले हाल एनएमबी हाइब्रिड फण्ड र एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड सञ्चालन गरिरहेको छ । चालु आर्थिक वर्षमा मात्रै नेपाल धितोपत्र बोर्डले नविल व्यालेन्स फण्ड दुई, सिटिजन म्युचुअल फण्ड दुई र एनआइबिएल सहाभागिता फण्डका लागि अनुमति दिएको छ ।
तपाईको प्रतिक्रिया