logo

एनएमबी बैंकद्धारा एक करोड १४ लाख कित्ताको एफपीओ निश्काशन

    1317   पटक पढिएको

२८ जेठ / अर्थ र व्यापार-एनएमबी बैंकले एक करोड १४ लाख कित्ता थप नयाँ साधारण सेयर अर्थात एफपीओ निश्काशन गर्ने अनुमति पाउन धितोपत्र बोर्डमा निबेदन दिएको छ । 

बैंकले प्रति कित्ता पाँच सय रुपैयाँ भन्दा माथिको मूल्यमा एफपीओ प्रस्ताव गरेको आँकलन गरिएको छ तर बोर्डले कति मूल्यमा उसलाई एफपीओ जारी गर्न स्वीकृति दिन्छ भन्ने कुरा सर्बा्धिक महत्वपूर्ण छ ।

एनएमबीले जेठ २२ गते नै बोर्डमा आबेदन गरेको उल्लेख गरिए पनि जेठ २८ गते आईतबार मात्र बोर्डको वेभसाईटमा देखाएको हो ।

बैंकले सेयर निश्काशन तथा बिक्री प्रबन्धकमा नागरिक लगानी कोषलाई नियुक्त गरेर बोर्डमा निबेदन दिएको हो ।

यस एफपीओ निश्काशन भएमा चुक्ता पूँजी छ अर्ब ४६ करोडबाट सात अर्ब ६० करोड पुग्ने छ ।

नेदरल्याण्डको रणनीतिक साझेदार एफएमओलाई संस्थापक सेयर प्रिमियममा बिक्री गरेर सर्बसाधारणको हिस्सा कम भएपछि त्यससँग मिलाउन सर्बसाधारणलाई थप सेयर प्रिमियम मूल्यमा बिक्री गर्न खोजिएको हो ।

बुद्ध एयरले पारदर्शी रुपमा कर रकम सार्वजनिक गर्दा राजश्व प्रशासनलाई पनि प्रतिश्पर्धी अर्को कम्पनीले थोरै बुझाएको अवस्थामा किन कम तिर्यौ भनेर सोधीखोजी गर्ने आधार भएको छ । 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निगमले सिनामंगलस्थित हवाइ इन्धन डिपो गुहेश्वरीमा स्थानान्तरण गर्ने

नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसर सिनामंगलबाट करिब ५० वर्ष पुरानो हवाई इन्धन डिपो स्थानान्तरण गर्ने भएको छ । त्यहाँबाट सारिएको सो डिपो काठमाडौको गुहेश्वरीतर्फ निर्माण हुने छ ।

विकास र लगानीलाई रोक्नु समृद्धि र प्रगतिलाई अवरुद्ध गर्नु हो : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विकास र लगानीलाई रोकेर मुलुकको आर्थिक समृद्धि र प्रगतिलाई अवरुद्ध पार्दा हाम्रो पुस्ता मात्र नभएर भावि पुस्तालाई समेत गरिबी र अभावको दुस्चक्रमा पार्ने बताएका छन्

अब श्रम स्वीकृति लिएका नेपालीलाई भारतको बाटो हुँदै जाँदा एनओसी नचाँहिने

वैधानिक रुपमा श्रम स्वीकृति भएका नेपाली नागरिकहरूलाई भारतको विमानस्थल हुँदै श्रम गन्तव्य मुलुक जानका लागि अब नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) नचाँहिने व्यवस्था लागु गरिएको छ ।

एनआरएनए ग्लोबल कन्केभ र वार्षिक साधरणसभा , एनआरएनएमा कुनै राजनीतिक हस्तक्षेप हुँदैन: प्रधानमन्त्री

रुपान्तरण र एकताः श्रम, लगानी र नागरिकताको निरन्तरता भन्ने मुख्य विषयमा केन्द्रित रही काठमाडौंमा एनआरएनए ग्लोबल कन्केभ तथा वार्षिक साधरणसभा शुरु भएको छ ।

मनोरञ्जन

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।