६ पुस/अर्थ र व्यापार– एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १६.२० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
बैंकको पुस ५ गते बसेको ४१२ औं सञ्चालक समितिको बैठकले १३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ३ दशमलव २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ । हाल बैंकको चुक्तापूँजी रू. १४ अर्ब ४४ करोड ७७ लाख ५२ हजार ९६६.९६ रहेको छ ।
तपाईको प्रतिक्रिया