२ जेठ /अर्थ र व्यापार - नेपाल बैंगलादेश बैंकको २० लाख कित्ता ऋणपत्र जारी भएको छ । बैंकले कम्तिमा २५ कित्ता र बढिमा १ लाख कित्ता आवेदन दिन सकिने गरी सर्वसाधारणबाट ऋणपत्रको निम्ति आवदेन माग गरेको हो ।
यो बैंककले प्रति कित्ता एक हजार रुपैयाँका दरले १० वर्षे अवधिका लागि १०.२५ प्रतिशत व्याजदरमा ऋणपपत्र जारी गरेको हो । यसले एक हजार रुपैयाँ अंकित २० लाख कित्ता मध्ये ८ लाख डिवेन्चरले हुन आउने कुल ८० करोड रुपेयाँ पाँच प्रतिशत सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी सर्वसाधारणबाट आवदेन माग गरेको छ ।
यो बैंकले यही जेठ १० गतेदेखि ऋणपत्रको बिक्री खुला गर्ने भएको छ । यसको निष्कासन मिति छिटोमा जेठ १४ र ढिलोमा असार ८ गतेसम्म हुने पनि यसको निष्कासन तथा बिक्री प्रवन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले जानकारी दिएको छ ।
तपाईको प्रतिक्रिया