logo

एनएमबि बैंकले निष्काशन गरेको ऋणपत्रको समयावधि लम्बिने

    1004   पटक पढिएको

४ चैत्र /अर्थ र व्यापार  - एनएमबि बैंकले फागुन ३० गतेदेखि निष्काशन गरेको ऋणपत्रमा छिटोमा चैत ४ गते बन्द हुने समयावधि रहेकोमा आवश्यक आवेदन नपर्दा समय लम्बिने भएको छ । एनएमबि बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार सर्वसाधारणका लागि बैंकले ११ लाख ४० हजार कित्तामा आवेदन मागेकोमा १० हजार कित्ता ऋणपत्रका मात्र बिक्री भएको छ ।

बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ दरको कुल ३० लाख युनिट ‘१०५ एनएमबि डिबेन्चर २०८५’ बिक्री खुला गरेको हो । जसमध्ये सर्वसाधारणमा बिक्री गरिने लागि १२ लाख कित्तामध्ये ६० हजार कित्ता म्युचुअल फण्डहरुलाई छुट्याइएको छ भने ११ लाख ४० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले मेरो शेयर तथा सि आश्वा प्रणाली मार्फत चैत १४ गतेसम्म आवेदन दिन सक्नेछन् ।

कूल निष्काशन ३० लाख अर्थात ६० प्रतिशत बराबरको १८ लाख कित्ता ऋणपत्र भने बैंकले व्यक्तिगत तवरबाट बिक्री गर्नेछ । ऋणपत्रले इक्रा नेपालबाट ‘इक्रा एनपी एलए माइनस’ रेटिङ्ग प्राप्त गरेको छ । जसले रेटिङले न्यून कर्जा जोखिम र लगानीका लागि सुरक्षित रहेको जनाउँछ । एनएमबि बैंकले निष्काशन गरेको दश वर्ष अवधिको यस ऋणपत्रमा लगानीकर्ताले वार्षिक १० प्रतिशत ब्याजदर अर्धवार्षिक रुपमा प्राप्त गर्नेछन् । ऋणपत्र बिक्रीबाट प्राप्त हुने रकममध्ये राष्ट्र बैंकबाट स्वीकृत क्षेत्रमा २ अर्ब २० करोड रुपैयाँ कर्जा लगानी गर्ने, २० करोड तरलता व्यवस्थापन, २० करोड विपन्न वर्गमा कर्जा प्रवाह गर्ने र ४० करोड रुपैयाँ सरकारी ऋणपत्रमा लगानी गर्ने योजना बैंकको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।