logo

एनएमबि बैंकलाई ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निश्कासनको अनुमति प्रदान

    1085   पटक पढिएको

१६ फागुन /अर्थ र व्यापार - नेपाल धितोपत्र बोर्डले एनएमबि बैंकलाई ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निश्कासनको अनुमति प्रदान गरेको छ । बैंकले प्रति यूनिट १००० दरका ३० लाख कित्ता ऋणपत्र बिक्री गर्नेछ । दश बर्षे ‘एनएमबि ऋणपत्र २०८५’ मा बार्षिक दश प्रतिशत ब्याज उपलब्ध गराउने बैंकले जनाएको छ ।

बैंकले कुल कित्तामध्ये ४० प्रतिशतले हुन आउने १२ लाख कित्ता अर्थात बैंकले एक अर्ब २० करोड रुपैयाँको ऋणपत्र सर्वसाधारणका लागि जारी गर्नेछ । बाँकी रहेको १८ लाख कित्ता अर्थात एक अर्ब ८० करोड बराबरको ऋणपत्र व्यक्तिगत तवरबाट ( प्राइभेट प्लेसमेन्ट) बिक्री हुने बैंकले जनाएको छ । ऋणपत्रको निश्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमीटेड रहेको छ । दश वर्षे अवधिको ऋणपत्रमा लगानी गर्नेले वार्षिक १० प्रतिशतका दरले ब्याज पाउनेछन् । ब्याजको भुक्तानी अर्धवार्षिक रुपमा हुनेछ । ऋणपत्र १० वर्षपछि परिपक्व हुनेछ ।

बैंकले ऋणपत्र निष्कासनका लागि गरेको क्रेडिट रेटिङ अनुसार न्युन जोखिम जनाउने अर्थात प्रयाप्त सुरक्षा सूचक रहेको ’इक्राएनपि एलए माइनस’ प्राप्त गरेको छ । एनएमबी बैंकले यसअघि ५० करोडको ऋणपत्र निश्कासन गरिसकेको छ । बैंकिङ क्षेत्रमा देखिएको तरलताको अभावलाई समाधान गर्न बैंहरुले ऋणपत्रको निष्काशनलाई जोड दिन थालेका छन् । निक्षेप संकलन तथा ऋण लगानीको अनुपात बढ्दै गए पछि बैंकहरुलाई पूँजीकोष अनुपात वृद्धि गर्न दबाब पर्दै आएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।