२४ मंसिर/अर्थ र व्यापार– एनएमबि बैंकले २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र विक्री गर्नका लागि नेपाल धितोपत्र बोर्डमा अनुमति माग्दै निवेदन दिएको छ ।
बैंकले सात वर्षे अवधिको वार्षिक ८ प्रतिशत ब्याजदर रहेको एनएमबि ऋणपत्र २०८४÷८५ निष्कासनको लागि मंगलवार बोर्डसँग अनुमति मागेको हो ।
बैंकले कुल २० लाख कित्ता ऋणपत्रमध्ये ८ लाख कित्ता सार्वजनिक निष्कासन मार्फत सर्वसाधारणमा विक्री गर्ने र बाँकी १२ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट विभिन्न बैंक तथा वित्तीय संस्थालाई विक्री गर्ने तयारी गरेकोे छ।
कम्पनीको ऋणपत्र विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।
तपाईको प्रतिक्रिया