४ फागुन / अर्थ र व्यापार - एनएलजी इन्स्योरेन्स कम्पनीले आगामी २२ गतेबाट हकप्रद सेयर निष्काशन गर्ने भएको छ। कम्पनीले चैत १२ गतेसम्म हकप्रद बिक्री गर्ने छ।
एनएलजीले प्रति कित्ता १०० रुपैयाँका दरमा ३८ करोड ४२ लाख रुपैयाँको सेयर निष्काशन गर्न लागेको हो।
कम्पनीको चुक्ता पुँजी ६४ करोड ४ लाख रुपैयाँ छ। प्रति १० कित्ता बराबर ६ कित्ताका दरमा हकप्रद निष्काशन गर्न लागिएको हो। ३८ करोड ४० लाख रुपैयाँको हकप्रद निष्काशनपछि चुक्ता पुँजी नियामकी प्रावधान अनुसार एक अर्ब रुपैयाँ नाघ्ने छ।
लक्ष्मी क्यापिटल मार्केट बिक्री प्रबन्धक रहेको हकप्रद नजिकको बैंक तथा वित्तीय संस्थामा गएर खरीद गर्न सकिनेछ।
तपाईको प्रतिक्रिया