२६ पुस/अर्थ र व्यापार– निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट लभांश दिने घोषणा गरेको छ ।
कम्पनीको पुस २४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७६/७७ को मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा १३ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि शून्य दशमलव ६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृती पछि र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण गर्नेछ ।
तपाईको प्रतिक्रिया