logo

निर्धन उत्थान लघुवित्तद्वारा वित्तिय विवरण सार्वजनिक, ३३ करोड ३२ लाख रुपैयाँ खुद नाफा

    1030   पटक पढिएको

२० माघ /अर्थ र व्यापार  - निर्धन उत्थान लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा व्यवसायको आकार बढाएर खुद नाफा बढाउँदै लगेको वित्तीय विवरण सार्वजनिक गरेको छ । ७७ जिल्लामा नै शाखा कार्यालय रहेको यस लघुवित्तले आम्दानीका सूचक सकारात्मक रहेपनि कर्मचारी खर्च र खराब कर्जा अनुपातमा बढेकाले नियन्त्रण गर्नुपर्ने देखिन्छ ।

चुक्ता पूँजी कै हाराहारीमा जगेडा कोषको आकार बनाएको यस लघुवित्तले आफ्नो कोषको लागत घटाउँदा पनि मुनाफा आर्जन गर्न सकेको हो । एक अर्ब २० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा एक अर्ब १४ करोड रुपैयाँ जगेडा कोष रहेको छ । गत पुस मसान्तमा कम्पनीको एक अर्ब पूँजी र ९२ करोड १८ लाख बराबरको जगेडा कोष रहेको थियो । 

पुस मसान्तसम्ममा निर्धनले ३३ करोड ३२ लाख रुपैयाँ खुद नाफा गरेको छ । यो गत वर्षको यहि अवधिको तुलनामा २३.६८ प्रतिशत अर्थात २६ करोड ३७ लाख रुपैयाँले बढी हो । गत आर्थिक वर्षको यसै अवधिमा लघुवित्तले २६ करोड ९४ लाख रुपैयाँ खुद नाफा गरेको थियो । गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा व्यवसायको आकारमा बढोत्तरी गरेको लघुवित्तको कोषको लागत केही घटेको छ । जसका कारण उसको कमाई बढेको हो । लघुवित्तको कोषको लागत ८.९८ प्रतिशतबाट ८.७५ प्रतिशतमा झरेको छ ।

यस अवधिमा लघुवित्तले ९ अर्ब ६८ करोड ७४ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने बैंक तथा वित्तीय संस्थाहरुबाट ६ अर्ब ९८ करोड १३ लाख रुपैयाँ सापटी लिएको छ । पुस मसान्तसम्ममा लघुवित्तले १७ अर्ब ९ करोड १७ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।