२६ भदौ / अर्थ र व्यापार – निर्धन उत्थान बिकास बैंकले गत आर्थिक वर्षको कमाईबाट ८०.७१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले ६६.६७ प्रतिशत बोनस सेयर र १४.०४ प्रतिशत नगद लाभांश दिने भएको हो ।
६० करोड चुक्ता पुँजी रहेको कम्पनीले ४० करोड रुपैयाँ बराबरको बोनस र ८ करोड ८२ लाख रुपैयाा बराबरको नगद लाभांश दिने भएको हो । बोनसपछि कम्पनीको पूँजी एक अर्ब रुपैयाँ नाघ्नेछ ।
कम्पनीले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकको स्वीकृत पश्चात कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण गरिनेछ । लघुवित्तको प्रतिसेयर आम्दानी ९७ रुपैंया २३ पैसा, निष्कृय कर्जा अनुपात ०.३१ प्रतिशत छ ।
गत आर्थिक वर्षमा लघुवित्तले ५८ करोड ३४ लाख १० हजार रुपैंया खुद नाफा गरेको थियो । लघुवित्तको जगेडा कोषमा एक अर्ब २२ करोड ३७ लाख १२ हजार रुपैंया सञ्चित छ ।
तपाईको प्रतिक्रिया