१८ असार / अर्थ र व्यापार - एनआईसी एशिया बंैकले बारा र पर्सा लगायत विभिन्न ठाउँका हावाहुरी पिडितहरुलाई सहयोग सामाग्री हस्तान्तरण गरेको छ । बैंकले साथफेटा गाउँपालिकाका पुरनियाँ, बलही, बबुलियालगायतगाउँका पीडित समुदायका लागि अत्यावश्यक राहत सामग्री सहयोगस्वरुप बैंकले ३ सय थानझुल, १ सय ५० थान म्याट्रेस, लगायत खाद्यान्न तथा अत्यावश्यक सामग्रीहरु प्रदान गरेको जनाएको छ ।
बैंकले मुलुकभर २८१ शाखाकार्यालयहरु, २८९ एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
तपाईको प्रतिक्रिया