१४ जेठ /अर्थ र व्यापार - एनआईसी एसिया बैंक र ग्रिनसिटी हस्पिटल काठमाडौं, स्टार हस्पिटल ललितपुर तथा कान्तिपुर डेन्टल कलेज तथा टिचिङ हस्पिटल, काठमाडौंका बीच बैंकका कर्मचारी तथा ग्राहकले उपचार गराउँदा विभिन्न सेवा सुविधामा छुट प्रदान गर्ने सम्झौता भएको छ ।
सम्झौता अनुसार एनआईसी एसिया बैंकका कर्मचारी तथा ग्राहकले ग्रिनसिटी हस्पिटलमा उपचार गराउँदा २० प्रतिशतसम्मको छुट, कान्तिपुर डेन्टल हस्पिटलमा उपचार गराउँदा १० प्रतिशतसम्म र स्टार हस्पिटलमा उपचार गराउँदा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
तपाईको प्रतिक्रिया