२५ पुस/ अर्थ र व्यापार - एनआईसी एशिया बैंकले अन्तराष्ट्रिय गुणस्तर प्रमाणपत्र पाएको छ । बैंकले आईएसओ ९००१२०१५ पाएको हा । यो अवार्ड युनाइटेड रजिस्टार अफ सिस्टम युकेएसर युके प्रदान गर्छ ।
बैंकले विभिन्न ग्राहकमुखी योजना, आफ्नो सवल चुस्त व्यवस्थापन, वस्तु तथा सेवाको गुणस्तर, उपभोक्ता सन्तुष्टी, सुशासनका कारण अन्तराष्ट्रियस्तरको प्रमाणपत्र पाएको दाबी गरेको छ ।
बैंकले एग्रेसिभ सेवा विस्तार गर्दै शाखा २ सय ७० पुर्याएको छ । बैंकको एटिएम काउन्टर ३७ वटा, एक्सटेन्सन काउन्टर एवं २२ वटा शाखारहित बैंकिङ इकाइमार्फत सेवा दिँदै आएको छ ।
तपाईको प्रतिक्रिया