३१ साउन / अर्थ र व्यापार – आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल नियुक्त भएको छ । संस्थाले प्रति शेयर १०० रुपैयाँ अंकित दरको २ लाख ९४ हजार कित्ता साधारण शेयरहरु सर्वसाधारणहरुमा (कर्मचारी समेत) निष्कासन गर्नको लागि बबर महलमा रहेको एनआईसी एशिया क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्रीप्रबन्धकमा नियुक्त गरेको हो ।
साउन ३१ गते मंगलबारका दिन संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विनोद आचार्य र एनआईसी एसिया क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालले हस्ताक्षर गरेका छन् । यस संस्थाकोे जारी पूँजीमध्ये साधारण शेयर सर्वसाधारणहरु र कर्मचारीहरुमा एनआईसी एशिया क्यापिटल मार्फत निष्कासन गर्न लागेको हो ।
नेपाल राष्ट्र बैंकबाट “घ“ वर्गको इजाजत प्राप्त आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाको कार्यालय काभ्रेपलाञ्चोकको बनेपामा रहेको छ । सो संस्था नेपालका १५ पहाडी जिल्लामा कार्यक्षेत्र तय गरि विपन्न वर्गको आर्थिक उत्थान गर्ने कार्यमा विगत २ वर्ष देखि सक्रिय रहदै आएको छ । हालै क्यापिटलले निः शूल्क डीम्याट खाता साथै प्रथम वर्षको डीम्याट खाता संचालन शुल्क पूर्णरुमा नलाग्ने व्यवस्था गरेको छ ।
तपाईको प्रतिक्रिया