२३ साउन / अर्थ र व्यापार – एनआईसी एशिया बैंक लिमिटेडले अनलाइन आस्वा सेवा सुरु गरेको छ । बैंकले गत माघदेखि आस्वा प्रणालीमा सहभागी भई आफ्नो सम्पूर्ण शाखाहरुबाट आस्वा सेवामार्फत शेयर आवेदन लिन सुरु गरेको थियो ।
बैंकको २०औं वाषिर्कोत्सवको अवसर पारेर आफ्ना सम्पूर्ण ग्राहक महानुभावहरुलाई यो सेवा अझ मितव्ययी एवम् सहज रुपमा प्रदान गर्नको लागि अनलाइन आस्वा सुरु गरेको हो । बैंकले संचालनमा ल्याएको आर्कषक व्याजदर भएको कुनै पनि बचत खाताखोली सुरुमा निशुल्क रुपमा मोबाइल बैंकिङ्ग वा इन्टरनेट बैंकिङ्ग सेवा प्राप्तगर्न सक्नेछन् ।
ग्राहकहरुले बैंकको मोबाइल बैंकिङ्ग वा इन्टरनेट बैंकिङ्ग सेवा प्रयोग गरी विना कुनै शुल्क सहज रुपमा बैंकमा नै उपस्थित नभई अनलाइन आस्वा सेवा मार्फत आईपीओ र एफपीओ तथा म्याचुअल फण्डमा आवेदन दिन सकिनेछ ।
तपाईको प्रतिक्रिया