७ माघ / अर्थ र व्यापार - एनआईसी एशिया बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्ममा २ अर्ब १ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ ।
बैंकले गत बर्षको सोहि अवधिमा १ अर्ब ५१ करोड १४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । गत बर्षको तुलनामा कम्पनीको नाफा ३३ प्रतिशतले बढेको हो । पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य नाफा १ अर्ब ७ करोड ४१ लाख रुपैयाँ पुगेको छ ।
बैंकको खुद आम्दानी र संचालन नाफा क्रमश : २३.४० प्रतिशत र ३५.८४ प्रतिशतले बढेको छ । बैंकको खराब कर्जा बढेकोे छ भने कष्ट अफ फन्ड घटेको छ । बैंकको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ३ पैसा बढेर ४१ रुपैयाँ ३१ पैसा पुगेको छ । प्रतिसेयर नेर्टवर्थ भने १६४ रुपैयाँ ८७ पैसा रहेको छ ।
तपाईको प्रतिक्रिया