४ असार / अर्थ र व्यापार - एनआईसी एसिया बैंकले सिरहा जिल्लाको धनगढीमाई नगरपालिका–१०, जिरोमाइलमा आफ्नो ३२ औं शाखारहित बैंकिङ सेवा जेठ ३१ गतेबाट सञ्चालनमा ल्याएको छ ।
बैंकले सञ्चालनमा ल्याएको नयाँ शाखारहित बैंकिङ सेवाको उद्घाटन धनगढीमाई नगरपालिकाका मेयर हरिनारायण चौधरीले गरे । उक्त शाखारहित बैंकिङ सेवाका बैंक प्रतिनिधिका रूपमा भोगिलाल महतोलाई नियुक्त गरिएको भन्दै बैंकले शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न क्षेत्रका स्थानीयवासीले आफ्नो स्थानीय तहमै प्रतिनिधिमार्फत बैंकिङ सेवा लिन सक्ने पनि जनाएको छ ।
तपाईको प्रतिक्रिया