logo

 एनआईसी एशियाको बाजुराको मार्तडीमा शाखा सञ्चालनमा

    1347   पटक पढिएको

 


५ पुस / अर्थ र व्यापार - काठमाडौं । एनआईसी एशिया बैंकले बाजुराको बडीमालिका नगरपालिका मार्तडीमा सञ्चालनमा ल्याएको शाखाको गत मंगलवार उद्घाटन गरेको छ । बैंकले गत साउन २२ गतेदेखि शाखा सञ्चालनमा ल्याएको थियो ।

मार्तडी शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायण प्रसाद पौडेलको प्रमूख आतिथ्यमा नगरपालिकाका मेयर पदम बडुवालले गरेका छन् । युके एडको लगानीमा सञ्चालित उक्ससेस टु फाइनान्ससँगको सहकार्यमा सो शाखा सञ्चालनमा ल्याइएको हो ।


“साथी सँगै सक्षम बन्दै” भन्ने नाराका साथ अगाडी बढाईएको यस सहकार्यबाट बैंकले अंगिकार गरेको “बैंक पनि, साथी पनि” भन्ने नारा अझ जनप्रिय बन्ने विश्वास बैंकको छ । बैंकले मार्तडी शाखा सहित सो जिल्लामा अन्य थप ३ वटा शाखा रहित बैंकिङ सेवा स्थापना गर्ने भएको छ ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआईसी एशिया निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक भएको संस्थाको दाबी छ । हाल बैंकको नेपालभर १ सय ४९ शाखा कार्यालयहरु र १ सय ४१ एटिएम काउन्टरहरुबाट ग्राहक महानुभावहरुमा सेवा प्रदान गर्दै आईरहेको छ ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा सञ्चालन गर्ने योजना अगाडि सारेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।