१९ असार / अर्थ र व्यापार – एनआईसी एशिया बैंकको ९५ औं शाखा कैलाली जिल्ला स्थित बौनियाँमा असार १८ गतेबाट शाखा सञ्चालनमा आएको छ । शाखाको उद्घाटन धनगढी कार्यालयका प्रमुख बिश्रुत थापाले गरे ।
शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआईसी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । हाल यस बैंकको अधिराज्यभर १ सय १३ शाखा कार्यालयहरु सञ्चालनमा रहेको छ ।
बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानमा चाँडै नै थप शाखा सञ्चालन गर्ने योजना अगाडि सारेको छ ।
तपाईको प्रतिक्रिया