logo

एनआइसी एशिया बैंकको आम्दानीमा १९ प्रतिशतले वृद्धि

    929   पटक पढिएको

३० बैशाख /अर्थ र व्यापार - एनआइसी एशिया बैंकले दुई अर्ब २७ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकले गत बर्षको तुलानामा १९ प्रतिशतले खुद व्याज आम्दानी बढाएर नाफा बढाउन सफल भएको हो । 

चैत मसान्तसम्ममा बैंकले सात अर्ब ३७ करोड रुपैयाँ खुद व्याज आम्दानी आर्जन गरेको छ भने गत बर्ष ६ अर्ब १९ करोड रुपैयाँ आर्जन गरेको थियो । चालु बर्षको नौं महिनासम्म सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकले सबैभन्द धेरै नाफा आर्जन गरेको छ । सञ्चालनमा रहेका २८ बैंकमध्ये सर्वा्धिक नाफा राष्ट्रिय बाणिज्य बैंकले गरेको हो ।

बैंकले तीन अर्ब ४९ करोड रुपैयाँ नाफा गरेको छ । यो अघिल्लो बर्षको चैतको तुलनामा १३ प्रतिशत बढि हो । दोस्रो धेरै नाफा गर्नेमा नबिल बैंक रहेको छ । नबिल बैंकले तीन अर्ब १९ करोड रुपैयाँ नाफा गरेको  छ । नेपाल इन्भेष्टमेन्ट बैंकले दुई अर्ब ५६ करोड रुपैयाँ नाफा गरेको छ । एनआइसी एसियाले नौं महिनाको अवधिमा एक खर्ब ७२ अर्ब रुपैयाँ निक्षेप संकलन गरि एक अर्ब ४१ अर्ब रुपैयाँ ऋण लगानी गरेको छ । बैंकको चुक्ता पूँजी ९ अर्ब रुपैयाँ रहेको छ । रिटेन अर्निङ ५३ करोड ८५ लाख रुपैयाँ ऋणात्मक छ भने जगेडा कोषमा १४ अर्ब रुपैयाँ जम्मा भएको छ । यससँगै बैंकको पूँजीकोष २२ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ । 

पूँजीकोष अनुपात १२.८१ प्रतिशत छ । खराव कर्जा २.९० प्रतिशतबाट बढेर ४.२८ प्रतिशत पुगेको छ । आधार व्याजदर ६.२० प्रतिशतबाट ५.३८ प्रतिशतमा झरेको छ। स्प्रेडदर पनि ४.९५ प्रतिशतबाट घटेर ४.७० प्रतिशत रहेको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।