३१ जेठ / अर्थ र व्यापार - भोलि असार १ गतेबाट एनआईसी एशिया बैंकले आफ्नो नबिकेको हकप्रद शेयरको लिलाम बिक्री गर्ने भएको छ । बैंकले नबिकेको सर्वसाधारण शेयर २ लाख ९८ हजार ५३६ कित्ता लिलाम बिक्री गर्न लागेको छ ।
बैंकको न्यूनतम मूल्य प्रति शेयर १०० रुपैयाँमा बोलकबोल सुरु गर्न सकिने छ । बोलकबोल गर्दा न्यूनतम १०० कित्ता र अधिकतम एक लाख कित्तासम्मकालागि आवेदन दिन सकिने छ । बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको बैंकको लिलाम आवेदन दिने म्याद असार ८ गतेसम्म रहेको द्दघछ ।
यसैगरी सिद्धार्थ इन्स्योरेन्सको हकप्रद भर्ने अन्तिम दिन आज रहेको छ क्। इन्स्योरेन्सको हकप्रद बैशाख १७ गतेसम्म कायम भएका शेयरधनीलाई दुई शेयर बराबर एकको अनुपातमा हकप्रद बिक्री गर्न लागेको छ।
इन्स्योरेन्सले बैशाख २८ गतेदेखि आज ३१ गतेसम्म निष्कासन खुला गरेको थियाद्धद्ध। शेयरधनीले लक्ष्मी क्यापिटल मार्केट नयाँ बानेश्वर तथा लक्ष्मी बैंकको केन्द्रीय तथा शाखा कार्यालयबाट आवेदन दिन पाउने छ। इन्स्योरेन्सको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल रहेको छ ।
तपाईको प्रतिक्रिया