२७ कात्तिक / अर्थ र व्यापार - काठमाडौं । एनआईसी एशिया बैंकले जुम्लाको चन्दननाथ नगरपालिका वंडा नं. ०५ र महोत्तरीको बर्दिबास नगरपालिका वडा नं ०१ मा २६ गतेबाट दुई वटा शाखा सञ्चालनमा ल्याएको छ ।
जुम्ला शाखाको उद्घाटन त्यहाका जिल्ला उद्योग वाणिज्य सघंका अध्यक्ष राम दत्त रावलले र महोत्तरी शाखाको जिल्ला उद्योग वाणिज्य सघंका अध्यक्ष प्रल्हाद क्षेत्रीले गरेका हुन् । शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआईसी निजी क्षेत्रको अग्रणी बैंक रहेको बैंकको दाबी छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।
तपाईको प्रतिक्रिया