logo

एनआइसी एशिया बैंकको लोभलाग्दो प्रगति, पुस मसान्तमा १ अर्ब ५१ करोड रुपैयाँ नाफा 

    1229   पटक पढिएको

२ माघ /अर्थ र व्यापार - डेढ वर्षदेखि निकै आक्रम भएर अघि बढेको एनआइसी एशिया बैंकले लोभलाग्दो प्रगति गरेको छ । बैंकले बुधबार सार्वजानिक गरेको चालू आर्थिक वर्षको ६ महिना अर्थात् पुस मसान्तको अपरिस्कृत वित्तीय विवरणमा गत वर्षको यसै अवधिको तुलनामा १६४ प्रतिशतले नाफा बढाएको उल्लेख छ । गत वर्षको पुस मसान्तमा ५७ करोड रुपैयाँ कमाएको बैंकले यो पुसमा १ अर्ब ५१ करोड रुपैयाँ खुद नाफा कमाएको हो ।

एक वर्षको अवधिमा बैंकको वासलातको आकार ५३ प्रतिशत अर्थात् ७४ अर्ब रुपैयाँले बढेर २ खर्ब १४ अर्ब पुगेको छ । एक वर्षको अवधिमा बैंकले ५५ अर्ब रुपैयाँले निक्षेप बढाउँदै यो पुस मसान्तमा कुल निक्षेप १ खर्ब ७५ अर्ब ७६ करोड रुपैयाँ पुर्याएको छ । प्रतिशतमा हेर्दा निक्षेपको वृद्धि ४६ प्रतिशतले हो ।

त्यस्तै, ४८ अर्ब रुपैयाँले कर्जा बढाएर १ खर्ब ४९ अर्ब ३ करोड रुपैयाँ पुर्याएको छ । कर्जाको वृद्धिदर प्रतिशतमा हेर्दा ४८ प्रतिशतले बढेको हो । यो वृद्धि नेपाली बैंकिङ ईतिहासमा कुनै पनि बैंकले वार्षिक विन्दुगत आधारमा हासिल गरेको वृद्धिका हिसाबले हाल सम्मकै उच्च भएको बैंकको दाबी छ ।

बैंकले देशभर २ सय ७३ शाखा, २ सय ८९ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर र २२ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ । हालसम्म बैंकमा ग्राहकको संख्या करिब १४ लाख ५० हजार रहेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।