२८ कात्तिक / अर्थ र व्यापार - काठमाडौं। एनआईसी एसिया बैंकले अनलाइन बचत खाता सञ्चालनमा ल्याएको छ । अनलाइन बचत खाता देशविदेशमा रहेका ग्राहकले घरै बसेर खोल्न सक्छन् ।
शुन्य मौज्दातमै खोल्न सकिने खातामा ग्राहक बैंकमा उपस्थित नभईकनै खाता खोलि खाता नंम्बर प्राप्त गर्न तथा अनलाईन मार्फत रकम जम्मा गर्न सक्छन् । अनलाइन बचत खाताको सुरुवातसँगै ग्राहकहरुले आफुले चाहेको समयमा बैंकको वेब साइटमा गई तुरुन्त खाता खोल्ने फारम भरी सजिलै खाता खोल्न सक्छन् ।
बैंकका देशभर १३६ शाखा, ४ विस्तारित काउण्टर, १४१ एटीएम, ३ शाखारहित बैंकिङ्ग सेवा र ४०५ भन्दा बढी पिओएस मेशिनमार्फत सेवा दिँदै आएको छ । बैकका करिब ६ लाख ३० हजार ग्राहक छन् ।
तपाईको प्रतिक्रिया