११ असार / अर्थ र व्यापार - एनआईसी एशिया बैंकको १०८ औं शाखा सुनसरीस्थित दुहवीमा संचालनमा आएको छ । दुहबी नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत प्रमोद कुमार चौधरी एवं दुहबी उद्योग बाणिज्य संघका अध्यक्ष उमेश गोस्वामीले शाखाको संयुक्त रुपमा उद्घाटन गरे ।
शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आईसी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो ।
बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।
तपाईको प्रतिक्रिया