१२ बैशाख /अर्थ र व्यापार - एन आई सी एशिया बैंकले एकैदिन ५ वटा नयाँ शाखा बिस्तार गरेको छ । काठमाडौं उपत्यका भित्र र बारा जिल्लाको फेटामा समेत गरी ५ नयाँ शाखा खालेको हो ।
नयाँ शाखा कार्यालयहरुमा मध्यपुर थिमी नगरपालिकामा थिमी शाखा, कागेश्वरी मनोहरा नगरपालिमा गोठाटार शाखा, सूर्य्विनायक नगरपालिकामा बालकोट शाखा, चद्रांगिरी नगरपालिकामा सतुंगलचोक शाखा तथा बारा जिल्लाको फेटा शाखा रहेका छन ।
हाल यस बैंकले मुलुकभर २८१ शाखा कार्यालयहरु, २८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ
तपाईको प्रतिक्रिया