logo

एनआइसी एसिया बैंकद्वारा ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न धितोपत्र बोर्डको अनुमति माग

    1105   पटक पढिएको

१३ पुस /अर्थ र व्यापार   - एनआईसी एशिया बैंक (NICA) ले चौथो पटक चार अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न धितोपत्र बोर्डको अनुमति मागेको छ । बैंकले मंसिर २६ गते एक हजार रुपैयाँ अंकित दरमा ४० लाख कित्ता ऋणपत्र निष्काशन गर्न निवेदन दिएको बोर्डले जनाएको छ ।

बैंकले निष्काशन गर्न लागेको ४ अर्ब रुपैयाँको ऋणपत्रमध्ये धितोपत्र बोर्डको स्वीकृती पश्चात २० प्रतिशत हुन आउने ८० करोड रुपैयाँ बराबरको सर्वसाधारणका लागि बिक्रीमा आउनेछ । ८० प्रतिशत अर्थात ३ अर्ब २० करोडको व्यक्तिगत तबरबाट बिक्री गरिने बैंकको सूचना अधिकारी सुधिरनाथ पाण्डेले बताए । 

ऋणपत्र जारी गर्न बैंकले यसअघि नै नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।
‘१०५ एनआइसी एशिया ऋणपत्र २०८५र८६’ नाम दिइएको १० वर्ष अवधिको उक्त ऋणपत्रमा वार्षिक १० प्रतिशत ब्याजदर (अर्धवार्षिक रुपमा) भुक्तानी गरिने बैंकले जनाएको छ ।

बैंकले यसअघि ११ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन गर्ने बताएपनि वाणिज्य बैंकहरुले भद्र सहमति गरेपछि ऋणपत्रमा १ प्रतिशत ब्याजदर घटाएको हो । बैंकले सेवा विस्तार गर्ने क्रममा लगानी बढाउन, वित्तीय तथा आर्थिक गतिविधिलाई विस्तार गर्न, बैंकको पूरक पूँजीकोष वृद्धि गरेर पूँँजीगत आधार मजबुत बनाउने उदेश्य अनुरुपको कार्य गर्ने प्रयोजनका लागि पूँजी संकलन गर्न ऋणपत्र जारी गरिन लागेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।