२३ कात्तिक / अर्थ र व्यापार - एनआईसी एशियाले एकै दिन पाँच वटा शाखा विस्तार गरेको छ । बैंकले दोलखाको भिमेश्वर नगरपालिका,कैलालीमा घोडाघोड नगरपालिका,केरावारी गाउँपालिका, भगवानपुर गाउँपालिका र सिराहाको नरहा गाउँपालिकामा शाखा संचालनमा ल्याएको हो ।
यो सँगै बैंकको शाखा १ सय ३५ पुगेको छ । बैंकको एटीएम काउन्टर १ सय ४१ पुगेको छ ।बैंकले एग्रेसिभ रुपमा स्थानीय तहमा शाखा विस्तार गरिरहेको छ । शाखा विस्तारका लागि बैंकले दुई सय कर्मचारी समेत नियुक्त गरेको थियो ।
बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले बैंकले सम्भावित बजार क्षेत्रमा सेवा उपलब्ध गराउने उदेश्यले चाँडैनै अन्य स्थानमा समेत शाखा खोल्ने बताए ।
तपाईको प्रतिक्रिया