logo

एनआईबिएल क्यापिटलले ९७ प्रतिशत बोनस वितरण गर्ने

    988   पटक पढिएको

२ असोज / अर्थ र व्यापार – एनआईबिएल क्यापिटलले ९७.०४४३ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव सहित असोज २४ गते पाँचौ बार्षिक साधारणसभा बोलाएको छ । उता एस क्यापिटलले पनि असोज २४ गतेका लागि साधारण सभा बोलाएको छ । क्यापिटलले हाल कायम चुक्ता पूँजीको ५२ प्रतिशत नगद लाभांस बितरण गर्ने प्रस्ताव साधारण सभामा लैजाँदैछ ।

एनआईबिएल क्यापिटलले आफ्नै सभाहल लाजिम्पाटमा विहान १० बजे साधारणा सभा बोलाएको हो । सभामा कम्पनीको चुक्ता पूँजी १० करोड १५ लाख रुपैयाँको ९७ प्रतिशतले हुन आउने ९ करोड ८५ लाख रुपैयाँको बोनस सेयर तथा २५ प्रतिशतले हुन आउने २ करोड ५३ लाख ७५ हजार रुपैयाँ (बोनसमा लाग्ने कर सहित)  नगद लाभांश वितरण गर्ने प्रस्ताव छ ।

त्यस्तै इन्भेष्टमेन्ट बैंकले एस डेभलपमेन्ट बैंकलाई प्राप्ती गरेकाले सहायक कम्पनी एस क्यापिटल समेत इन्भेष्मेन्ट बैंकको सहायक कम्पनीको रुपमा परिणत भइसकेकाले एनआईबिएल क्यापिटल र एस क्यापिटललाई एक आपसमा गाभ्ने गाभिने प्रकृयालाई अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्ताव रहेका छन् ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।