३२ साउन / अर्थ र व्यापार – एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत संचालित एनआईबिएल समृद्धि फण्ड १ ले आफ्ना इकाईधनीहरुलाई १८ प्रतिशत नगद लाभांश दिने भएको छ । फण्डले २०७३/७४को नाफाबाट सो मात्राको लाभांश वितरण गर्न लागेको हो ।
साथै, सोही नगद लाभांश प्रयोजनको लागि आगामी भदौ १३ गते फण्डको इकाई दर्ता किताब बन्द (बुक क्लोज) हुने छ । उक्त लाभांश दिने निर्णय साउन ३१ गते बसेको फण्डको सञ्चालक समितिको बैठकले गरेको हो । साथै, बैठकले उक्त लाभांश वितरणका लागि आवश्यक प्रक्रिया अगाडी बढाउन ब्यवस्थापनलाई निर्देशन दिएको छ ।
तपाईको प्रतिक्रिया