२४ फागुन / अर्थ र व्यापार - काठमाडौं। एनआई सी एशिया बैंकको नयाँ शाखा मकवानपुरको मनहरि गा.पा. वडा नं. ०७, मनहरिमा सञ्चालनमा ल्याइएको छ । उक्त शाखाको उद्घाटन एक समारोहका बिच मनहरि गाँउपालिकाका अध्यक्ष एकराज उप्रेतीले गरे ।
शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । मनहरि शाखाको समुद्घाटन सँगै हाल यस बैंकले अधिराज्यभर १८० शाखा कार्यालयहरु, १८३ एटिएम एवंम् ४ एक्स्टेन्सन काउन्टरहरुबाट ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।
तपाईको प्रतिक्रिया